आठ घण्टापछि आफ्नै धारमा फर्कियो अरुण

वैशाख १७, २०८० | सखुवासभा

सखुवासभामा निर्माणाधिन ९ सय मेगावाटको अरुण तेश्रो आयोजना स्थलमा सुख्खा पहिरो खसेपछि थुनिएको अरुण नदी आठ घण्टापछि आफ्नै धारमा फर्किएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोदारका अनुसार दिउँसो आफ्नै धारमा फर्किएको हो ।

बिहान ७ बजेर ४५ मिनेटमा सुक्खा पहिरो खसेपछि अरुण नदी थुनिएको थियो । अरुण तेश्रो आयोजना निर्माणका क्रममा २६ मिटर अग्लो बाध निर्माण भइसकेको छ । अरुण थुनिएपछि २६ मिटर अग्लो बाधमा पानी भरिएपछि आफ्नै धारमा फर्किएको हो ।

२६ मिटर अग्लो बाधमा पानी जमेपछि करिब २ किलोमिटर पानी ताल भएर बसेको छ । अरुण थुनिएपछि अरुण तेश्रोमा ड्यामसाईडको काम ठप्प भएको छ । निर्माण स्थलमा निर्मित टनेल थुनिएपछि अहिले आयोजना पक्षले ड्याम साइडबाट नदीको पानी फर्काएको हो ।  


प्रतिक्रिया