आर्थिक संकटको समाधान गर्दै शुसासन कायम गर्न सरकार प्रतिवद्ध: प्रधानमन्त्री दाहाल

वैशाख २२, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा देखिएको आर्थिक संकटको समाधान गर्दै शुसासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले बुद्ध जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले मुलुकमा देखिएको कठीनाईलाई चिर्दै जनताको मनोभावना अनुसार काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले बृहत्तर लुम्विनीको विकासका लागि रामग्राम स्तुपको विशेष महत्व रहेको भन्दै रामग्राम विकास गुरुयोजना कार्यान्वयनमा ल्याउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालले कपिलवस्तुस्थित लुम्बिनी, देबदह र रामग्राममा रहेका ऐतिहासिक र पुरातात्विक सम्पदाको संरक्षण गर्न जरुरी रहेको बताउनुभएको छ ।  


प्रतिक्रिया