रासायनिक कारखाना विस्फोटमा परी मृत्यु भएको संख्या २७ पुग्यो

असार १७, २०८२ | काठमाडौं

भारतको दक्षिणी राज्य तेलङ्गानाको एउटा रासायनिक कारखानामा हिजो भएको विस्फोटमा परी मृत्यु भएकाको संख्या २७ पुगेको छ ।

विस्फोटपछि कारखानाको ठूलो भाग भत्किएको छ ।

जिल्ला दमकल अधिकृत बी. नागेश्वर रावका अनुसार अहिलेसम्म मृतकको संख्या २७ पुगेको छ । मृतकमध्ये २३ जनाको पहिचान भइसकेको छ ।

दुर्घटनामा अरु ३५ जना घाइते भएका छन ।

२४ जना बेपत्ता रहेकाको खोजीकार्य भइरहेको प्रशासनले जनाएको छ भने अन्य ५७ जनालाई भने सुरक्षित निकालिएको छ ।

यस घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाइएको छ ।


प्रतिक्रिया