पश्चिम नवलपरासीमा १२ सय बढि मिटर ब्याज सम्बन्धि उजुरी

File Photo 

जेष्ठ ४, २०८० | परासी

मिटर ब्याज सम्बन्धी जाँचबुझ आयोग २०७९ ले पश्चिम र पुर्वी नवलपरासीमा परेका उजुरीको विषयमा छलफल गरेको छ । दर्ता भएका उजुरीको प्रकार र सोको समाधानका बारेमा जिल्ला प्रशासन कार्यालयमा जाँचबुझ आयोगका अध्यक्ष गौरी बहादुर कार्कीको उपस्थितीमा जिल्ला स्तरीय मिटर ब्याज पीडित समन्वय सहजीकरण समितिले छलफल गरेको हो ।

छलफलमा जिल्लामा उजुरीको प्रकृती , परेका उजुरी स्थानीय तह , प्रशासन , प्रहरी वा अदालत कुन निकायबाट न्यायोचित निरुपण गर्न सकीने हो त्यसको बर्गीकरण गरेर काम अगाडी बढ्ने विषयमा छलफल भएको थियो ।

जेठ ३ गते सम्म देशभरमा ४ हजार ५ सय  बढी उजुरी परेको र त्यसमध्ये पश्चिम नवलपरासीमा मात्रै १ हजार २ सय ७५ वटा उजुरी परेको र पुर्वी नवलपरासीमा १२ वटा मात्र उजुरी दर्ता भएको मिटर ब्याज सम्बन्धी जाचँबुझ आयोग २०७९ का सदस्य उत्तमराज सुवेदीले बताउनुभयो । 


प्रतिक्रिया