हिमपहिरोमा परेका तीनै जना मृत भेटिए

जेष्ठ ९, २०८० | बझाङ

बझाङ सुर्मा गाउँपालिकाको यार्चा संकलन क्षेत्र धानसेरी हिमालमा हिम पहिरोमा परेका तीनै जनाको शव फेला परेको छ । हिमपहिरोमा पुरिएका ४० बर्षिया रामकोइला बोहरा, १८ बर्षिया रमिता धामी र १४ बर्षिया जामती धामी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

 अस्ती आइतबार आएको हिमपहिरोमा उनिहरु पुरिएका थिए । हिम पहिरोमा परेर ४० बर्षिय बाबजी बोहरा र १४ बर्षिय आकास धामी घाइते भएका छन् । सदरमुकामबाट गएको प्रहरीको टोली र स्थानियले यार्चा संकलन क्षेत्रबाट शवहरु जिल्ला अस्पतालमा ल्याएपछि अहिले पोष्टमार्टम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रमेश अवस्थीेले जानकारी दिनुभयो । 


प्रतिक्रिया