लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि

जेष्ठ १२, २०८० | काठमाडौं

लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि सुरु हुदैछ । प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा दिउसो १ बजेदेखि अधिवेशन सुरु हुने छ । यस अधिवेशनमा आउदो वर्षका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याइने छ । त्यसका लागि जेठ १५ भिक्रमा सरकारका नीति तथा कार्यत्रमका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुपर्ने कानुनी बाध्यता छ ।

प्रदेश सभामुख तुलाराम घर्तीमगरले अधिवेशन सरकारको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रीत हुने भएपनि केही अत्यावश्यक विधेयकहरु समेत पारित गर्ने तयारी गरेको बताउनुभयो । यसअघि लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन बैशाख १९ मा अन्त्य भएको थियो ।


प्रतिक्रिया