पक्राउ परेकाको बयान आज शुरु हुदै: नक्कली भुटानी शरणार्थी प्रक्ररण

जेष्ठ १२, २०८० | काठमाडौं

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरु माथि अदालती प्रक्रीया आज सुरु हुंदैछ । काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले पेश गरेको मुद्धाका आधारमा अदालती प्रक्रिया सुरु हुन लागेको हो । ३० प्रतिवादी मध्य पक्राउ परेका १६ जनाको बयान आज शुरु हुन लागेको हो । बयान पछि थुनछेकका लागी सरकारी वकिल र प्रतिवादीका वकिलले बहस गर्नेछन् । त्यसपछि प्रतिवादीहरुलाई थुनामा राखेर मुद्धाको सुनुवाई अघि बढाउने वा छाड्ने भन्ने आदेश अदालतले दिने छ ।

पूर्व मन्त्री टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहितलाई राज्यविरुद्धको अपराध, ठगी र संगठित अपराध र किर्तेगरी गरी चार कसुरमा अभियोग लगाइएको छ । उनीहरुबाट २८ करोड बराबरको विगो माग गरिएको छ । प्रहरीले बुझाएको प्रतिवदेन अध्ययन गरी सरकारी वकिलको कार्यालयले गत बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

मुद्दा दायर गरिएकामा पूर्वउप्रधान मन्त्री टोपबहादुर रायमाझी, कंग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाड, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंकबहादुर गुरुङ, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी छन् ।

त्यस्तै रामशरण केसी, आङटावा शेर्पा, शम्शेर मिया, टेकनाथ रिजाल, लक्ष्मी महर्जन, केशव तुलाधर, हरिभक्त महर्जन, अशोक पोखरेल, धिरेन राई विरुद्ध मुद्धा दायर भएको छ । शरणार्थी प्रकरणमा दिपा हुमागाँई, निरज राई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनिता सावदेन लिम्बु, निरञ्जनकुमार खरेल, सुनिल बुढाथोकी र प्रतिक थापाविरुद्ध समेत मुद्धा दायर भएको छ । 


प्रतिक्रिया