पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी अधिकारी सम्मानित

जेष्ठ १२, २०८० | विराटनगर

यस वर्षको शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार धनकुटाका पत्रकार रमेशचन्द्र अधिकारीलाई प्रदान गरिएको छ । 

प्रेस चौतारी नेपाल मोरङले हरेक वर्ष प्रदान गर्दै आएको कोशी प्रदेशस्तरीय सो पुरस्कार विहिवार विराटनगरमा आयोजित विशेष कार्यक्रममा हस्तान्तरण गरिएको हो । चौतारीको वार्षिक साधारणसभाको अवसर पारेर पत्रकार अधिकारीलाई सम्मान गरिएको प्रेस चौतारी नेपाल मोरङका अध्यक्ष सुदिप कोइरालाले जानकारी दिनुभयो । 

करिब तीन दशक पत्रकारिता पेशामा सम्लग्न सम्मानित व्यक्तित्व कान्तिपुर दैनिकका उप–सम्पादकको रुपमा कार्यरत छन् । उहाँले प्रेस चौतारी नेपालका दुई कार्यकाल केन्द्रीय समितिमा जिम्मेवारी निभाउनु भएका थिए । 

अधिकारीले श्रमजीवी पत्रकारको रुपमा निरन्तरता दिएको कारण आफु सम्मानित हुन पाएको भन्दै पेशागत मर्यादा र आवाज विहिनका आवाजको भुमिका निर्भाहा गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 


प्रतिक्रिया