बागमती सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

जेष्ठ १४, २०८० | मकवानपुर

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । प्रदेश सरकारले केही पुराना र नयाँ कार्यक्रमलाई समेट्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको जनाइएको छ ।

सरकारले दीगो विकासको अवधारणा अनुसार योजना निर्धारण गर्ने, सरकारले आगामी आर्थिक वर्ष प्रदेशलाई प्रविधिमैत्री बनाउने तथा आर्थिक नीति, सामाजिक न्यायको माध्यमबाट प्रदेश समृद्धिका योजना तर्जुमा गर्ने घोषणा गरेको छ । प्रदेश सरकारको भूमिका थप मजबुत बनाउन संघीय सरकार र स्थानीय सरकारसँगको समन्वयलाई प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।  


प्रतिक्रिया