सरकारद्धारा महत्वकाक्षी लक्ष्य घोषणा

जेष्ठ १६, २०८० | काठमाडौं

चालु आर्थिक वर्षमा लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकेको सरकारले आगामी आर्थिक वर्षका लागि झन महत्वकाक्षी लक्ष्य घोषणा गरेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि १२ खर्व ४८ अर्व रुपैया राजश्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको हो । आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्दे अर्थमन्त्री डा प्रकाश शरण महतले राजश्व तर्फ १२ खर्व ४८ अर्व रुपैयाँ राजश्व संकलनको लक्ष्य रहेको बताउनुभयो ।

बजेटमा भनिएको छ– आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको व्यायको श्रोत बेहोर्न राजश्वबाट १२ खर्व ४८ अर्व ६३ करोड रुपैया लक्ष्य रहेको छ । चालु वर्षका लागि १४ खर्व ३ अर्व राजश्व लक्ष्य राखिएपनि उठ्न नसकेपछि संशोधन गरेर १० खर्व ४० अर्व रुपैयामा झारिएको छ । तर जेठ दोस्रो सातासम्ममा जम्मा ७ खर्व ८८ अर्व रुपैया मात्रै राजश्व संकलन भएको छ । 


प्रतिक्रिया