करेन्ट लागेर एक जनाको मृत्यु

जेष्ठ १६, २०८० | दार्चुला

अपिहिमाल गाउँपालिका–३ मर्खोलामा करेन्ट लागेर एक पुरूषको मृत्यु भएको छ । मंगलबार दिउँसो बिजुली मर्मत गर्ने क्रममा स्थानीय करिब ३५ बर्षिय दमनसिंह कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार उनी आफ्नै घर नजिकको बिजुलीको पोलमा चढेर विद्युत मर्मत गरिरहेको अवस्था करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो । अहिले घटनास्थलमा अपिहिमाल गाउँपालिका–४ खण्डेश्वरि प्रहरी चौकीबाट सुरक्षाकर्मी खटिएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया