अधिवक्ता नै ज्यान मार्ने उद्योगमा दोषी ठहर

जेष्ठ १७, २०८०

ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका उदयपुरका अधिवक्ता इन्द्र तमाङको सजाय निर्धारण गरिएको छ । जिल्ला अदालत उदयपुरका न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजालसले अधिवक्ता तमाङलाई एक बर्ष कैद, १० हजार रुपैयाँ जरिवाना र ३ लाख रुपैयाँ क्षतिपुर्ति भराउने सजाय निर्धाण गरेको हो । 

बालकलाई कुटपिट गरेको आरोपमा दोषी ठहरिएका ५४ बर्षीय अधिवक्ता तमाङलाई अदालतले ज्यान मार्ने उद्योगका कसुरदार ठहर गरेको थियो । वालुवा छरेको भन्दै छिमेकी ७ बर्षीय बालकलाई कुटपिट गर्ने अधिवक्ता तमाङलाई बैशाख २७ गते अदालतले कसुर ठहर गरेको हो । तामाङले २०७७ असार २२ गते छिमेकी बालकलाई मरनासन्न हुनेगरी कुटपिट गरेको आरोप पक्राउ परि धरौटीमा छुटेका थिए । 


प्रतिक्रिया