आन्दोलनरत पहिचान पक्षधरलाई वार्ताका लागि आह्वान

जेष्ठ १७, २०८०

कोशी प्रदेशस्थित कांग्रेसका १४ जिल्लाका सभापतिले कोशी नाममा पुनर्विचार गर्न प्रदेशसभा र प्रदेश सरकारलाई आग्रह गरेका छन् । कोशी प्रदेशको नाम खारेज गरी पुन: नामकरणका लागि पहिचान पक्षधरको आन्दोलन तीब्र बन्दै गएपछि कांग्रेसका जिल्ला सभापतिले संयुक्त विज्ञप्ति जारी गर्दै कोशी नाममा पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका हुन् । 

यसैगरी घाइते आन्दोलनकारीको नि:शुल्क उपचारको माग गरिएको छ । जिल्ला सभापतिहरुले पहिचान पक्षधरको आन्दोलनमा भएको दमनको भत्सर्ना गर्दै संयमित विरोध र विरोधको सम्मान लोकतन्त्रको महान मन्त्र हो भन्ने सम्बन्धित सबैलाई स्मरण गराएको छ । 


प्रतिक्रिया