शिक्षक माग्दै दोलखाका विद्यार्थी आन्दोलित

जेष्ठ २२, २०८० | दोलखा

दोलखाको बिगु गाउँपालिका–३ स्थित शारदा माविका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिबीचको विवादका कारण विगत ४ महिनादेखि पठनपाठन प्रभावित भएको छ । प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिबीचको विवादका कारण लामो समयदेखि शिक्षकको दरबन्दी समेत रिक्त छ । राजनीतिक रुपमा प्रधानाध्यापक परिवर्तन गरेर मात्रै नयाँ शिक्षक भर्ना गर्ने विद्यालय व्यवस्थापन समिति र पालिकाको शिक्षा शाखाको अडानका कारण पठनपाठन प्रभावित बनेको प्रधानाध्यापक बालकृष्ण मल्ल ठकुरीको आरोप छ । 

विद्यालयमा रिक्त विषगत शिक्षकको माग गर्दै बिगु–३ स्थित शारदा माविका विद्यार्थी विरोधमा उत्रिएका छन् । उनीहरुले आज कक्षा बहिस्कार गरेर नाराबाजी गर्दै चर्को विरोध प्रर्दशन गरेका छन् । गत फागुनबाट दरबन्दी अनुसारका ४ जना शिक्षक विद्यालयमा नभएपछि पठनपाठन प्रभावित बनेको हो । 


प्रतिक्रिया