’द डार्क फाइल’ नाम श्रृंखलाबद्ध सामग्री स्थगन

वैशाख १७, २०८१

सिधाकुरा डट कमले आफ्नो अनलाईन र यूट्यूव च्यालनमा प्रकाशन प्रसारण गरेको ’द डार्क फाइल’ नाम श्रृंखलाबद्ध सामग्री स्थगन गरेको छ । प्रेस काउन्सिल आज सिधाकुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नविन ढुंगानालाई कार्यालयमा बोलाएर सो सामग्रीबारे सोधपुछ गरेको थियो । 

सो सोधपुछका क्रममा उनीहरुले काउन्सिलले यसअघि नै पत्र पठाएको र उक्त पत्र कार्यान्वयन गर्न तयार रहेको बताएका थिए । त्यस लगत्तै सिधा कुराले सामग्रीको प्रकाशन र प्रशारण स्थगन गरेको सूचना आफ्नो वेबसाइटमा राखेको छ ।


प्रतिक्रिया