रिसिबी साँध्न नाबालिकाको हत्या, आमाछोरी पक्राउ

वैशाख १७, २०८१ | सिरहा

नाबालिकाको हत्यामा संलग्न रहेको आरोपमा सिरहाबाट दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

सिरहा नगरपालिका–१८ बस्ने रमेश यादवका ३ वर्षीया छोरी रियाको हत्यामा संलग्न रहेको अभियोगमा स्थानीय ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पूजा कुमारीलाई प्रहरीले पक्राउ गरेको हो । 

फरार रहेका धनिकलाल यादवको खोजी भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका उनीहरुलाई ज्यान सम्बन्धी कसूर मुद्दामा सिरहा जिल्ला अदालतबाट आइतबार ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

रमेश यादवका ३ वर्षीया छोरी रिया गत मंगलबारदेखि सम्पर्कविहीन थिईन् । रिया हराएको दुई दिनपछि छिमेकी धनिकलालको घरको छतमा बोरामा लुकाए राखिएको अवस्थामा शव प्रहरीले फेला पारेको थियो । 

जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाका अनुसार रमेशको एक वर्षदेखि छिमेकी धनिकलाल यादवसँग झै–झगडा हुँदै आएको थियो । 

योजना अनुसार नै रिसिबी साँध्न रियाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिनुभयो । 


प्रतिक्रिया