नेपाली भूमि लिम्पियाधुरा र लिपुलेक कसैले खोस्न सक्दैनः गगन थापा

जेष्ठ २५, २०८० | विराटनगर

कांग्रेसका महामन्त्री गगन थापाले नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा भारतले छोड्नु पर्ने र बंगलादेश जाने बाटो दिनुपर्ने बताउनुभएको छ ।

विराटनगरमा पत्रकारसँगको कुराकानीमा उहाँले लिम्पियाधुरा, लिपुलेक नेपालले साट्ने लगायतका विकल्पमा सोचेर आफ्नो पोजिशन कमजोर पार्ने कुनै कारण नभएको बताउनुभयो ।

नेपाल भूपरिवेष्ठित देश भएकाले बंगलादेश जाने बाटो पाउने अन्तर्राष्ट्रिय अधिकार कसैले हनन् गर्न नपाउने उहाँले उल्लेख गर्नुभयो । नेपाली भूमि लिम्पियाधुरा र लिपुलेक कसैले खोस्न नसक्ने र खोस्न पनि नदिने थापाको भनाइ थियो ।

भारतले आफ्नो सांस्कृतिक नक्सा जारी गरेर नेपाल समेट्न सक्छ भने नेपालले पनि ग्रेटर नेपालको सांस्कृतिक नक्सा जारी गर्ने अधिकार प्रयोग गर्ने उहाँले बताउनुभयो । फरक प्रसंगमा थापाले अहिलेको गठबन्धनमा सबभन्दा ठूलो दल कांग्रेस सरकारमा रहेकाले गठबन्धनको विकल्प खोज्नुपर्ने कुनै कारण र अवस्था नरहेको स्पष्ट पार्नुभयो । 


प्रतिक्रिया