करणी अभियोगमा एक वृद्धसहित चार जनालाई १८ वर्ष कैद सजाय

जेष्ठ ३०, २०८० | ओखलढुंगा

नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत ओखलढुंगाले ८० वर्षीय एक वृद्धसहित चार जनालाई १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले जबरजस्ती करणी मुद्धामा स्थानीय नारायणस्थान माविका प्रधानाध्यापक पूर्णप्रसाद फुयाल, ८० वर्षीय फडिन्द्रप्रसाद दाहाल, डम्बर बहादुर भुजेल र केवल भुजेललाई १८ वर्ष कैदसहित क्षतिपूर्ति र जरिवाना गराउने फैसला गरेको हो ।

फुयाललाई १ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति र अन्य तीन जनालाई ५० हजार रुपैयाँको दरले क्षतिपूर्ति तोकिएको छ । त्यसैगरी ६ लाखको दरले जरिवाना गरिएको फैसलामा उल्लेख छ । १२ वर्षीया नाबालिकालाई फरक–फरक स्थान र समयमा जबरजस्ती करणी गरेको अभियोग उनीहरुमाथि लागेको थियो । २०७९ असार २३ गते दर्ता भएको मुद्दाको अन्तिम फैसला आज भएको हो । अभियुक्त मध्येका ८० वर्षीय दाहालले ज्येष्ठ नागरिक ऐन अनुसार सजाय छुट माग गरेका थिए । तर, उनलाई पनि अन्य अभियुक्त सरह कैद सजाय तोकिएको हो ।


प्रतिक्रिया