ट्यांकरबाट पेट्रोल चोरी गर्ने दुई जना पक्राउ

जेष्ठ ३१, २०८० | रुपन्देही

रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ भलबारीस्थित नेपाल आयल निगमको डिपोमा जाँदै गरेको ट्यांकरबाट पेट्रोल चोरी गर्ने दुई जना पक्राउ परेका छन् । ट्यांकरको पेट्रोल चोरी गरी बिक्री गरिरहेको अवस्थामा चालक भारतका ३८ वर्षीय मोहमद मुहिम र सोही स्थानका सहचालक २२ वर्षीय रवीन्द्र गौतमलाई प्रहरीले पक्राउ गरेको हो ।

व्यवसायीको सहयोगमा ट्यांकर चालकले पेट्रोल चोरेर पम्पमा बिक्री गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ट्यांकरबाट पेट्रोल भरिरहेको अवस्थामा दुई वटा ग्यालेन, पाइप, नक्कली सिल, बाल्टिन लगायत सामग्री समेत बरामद गरेको छ । 


प्रतिक्रिया