कोशी प्रदेशको बजेट आजै ल्याउने तयारी

जेष्ठ ३२, २०८० | विराटनगर

अल्पमतमा परेको कोशी प्रदेश सरकारले आज अध्यादेश मार्फत आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ ।

कृषि, उद्योग, रोजगारी क्षेत्रका कार्यक्रमलाई प्राथमिकतामा रखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको सरकारले गएरातिबाट अधिवेशन अन्त्य गरेको थियो ।

भोलीसम्म बजेट ल्याउनुपर्ने संवैधानीक बाध्यतामा परेको प्रदेश सरकारले मन्त्रिपरिषद्को बैठकबाट पारीत गरी बजेट ल्याउन लागेको हो । सिंचाइ, उर्जा तथा खानेपानीमन्त्री तीलकुमार मेन्याङ्बोले मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेर अध्यादेश मार्फत बजेट ल्याउने तयारी भएको बताउनुभयो ।

तर, माओवादी केन्द्र, जनता समाजवादी पार्टी सहितका विपक्षी दलहरुले भने सरकारले संसद छलेर अध्यादेशमार्फत बजेट ल्याउन नहुने बताउँदै आएका छन् ।


प्रतिक्रिया