ताप्लेजुङमा वाढीः सिदिङवास्थित मोटरेवल पुल भत्कीयो

असार १, २०८० | ताप्लेजुङ
ताप्लेजुङको कावेली नदीमा आएको बाढीले सिदिङवास्थित मोटरेवल पुल भत्काएको छ ।
जेठ महिनामा उद्धघाटन गरिएको पुलको एकापट्टिको पिल्लर सहितको भाग भत्काएको हाम्रा सहकर्मीले जनाएका छन् । सुरुमखिम – खेवाङ – याम्फुदिन जोड्ने मोटरेवल पुल भत्किदा स्थानियको आवातजावत प्रभावित भएको छ ।
कावेली नदीमा आएको वाढीका कारण कञ्चनजंघा माध्यमिक विद्यालय, याम्फुदिन प्रहरी चौकी, कञ्चनजंघा संरक्षण क्षेत्र, स्वास्थ्य चौकिको भवन समेत जोखिममा परेका छन ।