लगातारको वर्षापछि ताप्लेजुङमा १५ परिवार विस्थापीत

असार २, २०८० | ताप्लेजुङ

लगातारको वर्षापछि ताप्लेजुङको कावेली नदिमा आएको बाढिका कारण सिरिजंगा गाउँपालिका ८ याफूदिनका १५ घर परिवार विस्थापीत भएका छन् ।

यस्तै ५ वटा सरकारी कार्यालयमा पनि क्षति पुगेको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अधिकारी गोमादेवी चेम्जोङका अनुसार प्रहरी चौकी, वडा कार्यालय, कञ्चनजंघा मावि, स्वास्थ्य चौकी र कञ्चनजंघा संरक्षण क्षेत्रको कार्यालय र स्थानीय १५ परिवारलाई सुरक्षीत थानमा स्थानान्तरण गरिएको छ ।

सो क्षेत्रमा आज पनि बाढिले कटान गरिरहेको  छ । बाढि प्रभावित क्षेत्र सदरमुकाम फुङलिङवाट तीन दिनको दुरी पर्छ । कावेली नदीमा आएको बाढिले मोटरेवल पुल, विद्युत उत्पादन गृह लगायतका संरचना वगाएको छ भने यातायातका साधन सञ्चालन हुन सकेको छैन ।  


प्रतिक्रिया