पहिरोमा परि ताप्लेजुङमा एकजनाको मृत्यु

असार ३, २०८०

वर्षासंगै झरेको पहिरोका कारण ताप्लेजुङको सिदिङवा गाउँपालिका ६ मेहेलेका ३० वर्षिय गणेश तामाङको मृत्यू भएको छ । परिवारलाई सुरक्षित ठाउँमा लैजाने क्रममा उनको पहिरोमा परि मृत्यू भएको हो । सनिवार बेलुका देखि वेपत्ता उनको शव आज विहान भेटिएको प्रमुख जिल्ला अधिकारी गोमा देवी चोङवाङले बताउनुभयो । सोही वडाका ६३ वर्षिया भगीमाया, ३३ वर्षीया सन्ध्या र नौ वर्षीय प्रज्वल वुढाक्षेत्री वेपत्ता छन् । 

प्रहरी र स्थानीयद्धारा उनिहरुको खोजी भइरहेको छ । पहिरोमा परि एकको मृत्यू, एकजना घाइते र नौवटा घर पूर्ण रुपमा क्षति भएको स्थानीयले बताएका छन् । जिल्ला विपत ब्यवस्थापन समितिको तथ्यांक अनुसार ५१ घर जोखिममा छन् । पक्की पुल तीन र झोलुङगेपुल पॉच वटामा क्षति पुगेको छ । दुईवटा हाइड्रो पावर, सातवटा सरकारी कार्यालय, एउटा विद्यालय र पॉचवटा वाटो अवरुद्ध भएको पनि समितिले जनाएको छ । 

सिदिङवा, सिरिजंगा, पाथीभरा याङवरक र मैवाखोला गाउँपालिकामा क्षति भएको हाम्रा सहकर्मीले जनाएका छन् । पहिरोले सिदिङवा गाउँपालिका ६ को स्वास्थ्य चौकी बगाएको छ । गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरियाका अनुसार स्वास्थ्यचौकी पूर्ण रुपमा क्षति भएकाले वडा कार्यालयमा राखेर चलाउने प्रयास भइरहेको छ ।


प्रतिक्रिया