कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएको समूह र प्रदेश सरकारबीच वार्ता सुरु

असार ४, २०८० | मोरङ

कोशी प्रदेशको नामाकरणका विषयमा आन्दोलनरत संयुक्त संघर्ष समिति र सरकारी पक्षबीच विराटनगरमा वार्ता सुरु भएको छ । वार्ता पहिले दुवै समूहका वार्ता टोलीले छुट्टाछुट्टै छलफल गरेर एजेन्डा तयार गरेका छन् । खानेपानी मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वको वार्तामा सरकारी पक्षबाट उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य हुनुहुन्छ ।

 आन्दोलनरत पक्षका वार्ता टोलीमा गोविन्द आङ्बुहाङ, युवराज राई, रामभक्त कुरुम्बाङ लगायत छन् । गत फागुन १७ मा प्रदेशसभा बैठकले प्रदेशको नाम ‘कोशी’ पारित गरेपछि पहिचान पक्षधरहरुले प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाउँदै पुनः नामाकरण गर्नुपर्ने भन्दै प्रदर्शन गर्दै आएका छन् । 


प्रतिक्रिया