सुदुरपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटनाग्रस्त

असार ५, २०८०

सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह मन्त्री सवार गाडी बझाङमा दुर्घटनामा परेको छ । 

डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युं गाउँपालिकाको धारछडामा मन्त्री सवार गाडी सडकबाट अन्दाजी ५० मिटर तल खोला किनारमा खसेको हो । 

दुर्घटनामा परि मन्त्री सिंह सहित ४ जना घाइते भएका छन् । मन्त्री सिंहको खुट्टा र अनुहारमा चोट लागेको हाम्रा सहकर्मीले जनाएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।


प्रतिक्रिया