पूर्व अरनिको र रोल्वालिङबीच ४ बुँदे सहमतिपछि दोलखामा यातायात सञ्चालन

असार ५, २०८० | दोलखा

पूर्व अरनिको र रोल्वालिङ यातायातबीच ४ बुँदे सहमतिपछि दोलखामा यातायात सञ्चालनमा आएको छ । दुबै समितीबीच आज जिल्ला प्रशासन कार्यालय दोलखामा सहमति भएपछि सार्वजनिक यातायात अवरोध हटेको हो । यातायात अवरोधका क्रममा भएको झडपमा गराउने पक्षले घाइतेको उपचार गर्ने, दुवै समितिबीच विगतमा भएको सहमति कार्यान्वयन गर्ने र एकले अर्को समितिको यात्रुवाहक सवारीलाई अवरोध नगर्ने सहमति भएको हाम्रा सहकर्मीले जनाएका छन् । 

काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कबाट बस छुटाउनु पर्ने नियम राखेपछि उक्त नियम मान्ने र नमान्ने अडानका कारण दुई दिनदेखि एकले अर्को समितिको यातायातमा अवरोध गर्दा यातायात संचालन हुन सकेको थिएन । सहमतिपछि दोलखाबाट लामो तथा छोटो दुरीका सार्वजनिक यातायात संचालनमा आएका छन् ।


प्रतिक्रिया