बाँकेका अतिरिक्त हुलाक कार्यालयका कर्मचारी विरोधमा

असार ७, २०८० | नेपालगञ्ज

सरकारले अन्यायपूर्ण व्यवहार गरेको भन्दै बाँकेका अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरुले विरोध जनाएका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा अतिरिक्त हुलाक कार्यालय खारेज गर्ने घोषणा गरेपछि उनीहरु विरोधमा उत्रिएका हुन् ।

नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसियसनको अगुवाइमा उनीहरुले जिल्ला हुलाक कार्यालयअगाडि सरकारको निर्णय तत्काल फिर्ता हुनुपर्ने लगायत चार वटा माग गर्दै विरोध गरीरहेका छन् ।

अतिरिक्त हुलाक कार्यालयले प्रदान गर्ने सबै सेवा बन्द गरेर विरोधमा उत्रिएका उनीहरुले ईलाका र जिल्ला हुलाक कार्यालयमा कालोपट्टी बाँधेर शान्तिपूर्ण विरोध प्रदर्शन गर्दै आएका छन् ।

पर्सी शनिवारसम्म माग सम्बोधन नभए विरोधका कार्यक्रम थप गरिने अतिरिक्त हुलाक कर्मचारी एसोसियसन बाँकेका अध्यक्ष शखीलाल थारुले बताउनुभयो । बाँकेका ३५ वटा अतिरिक्त हुलाक कार्यालयमा ९५ जना कर्मचारी कार्यरत छन् । 


प्रतिक्रिया