ओलढुङ्गमा पहिरोले तीन घर बगायो, २ जनाको मृत्यु

असार ८, २०८०

ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । अविरल वर्षासंगै गएरातिको पहिरोमा परी स्थानीय ३६ वर्षीय रणबहादुर गुरुङ र उनकी पत्नि ३१ वर्षिया शिवमायाको मृत्यु भएको हो ।

पहिरोमा गुरुङकी १८ महिनाकी छोरी र १० वर्षिय छोरा दिनेश बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिपकबहादुर केसीले जानकारी दिनुभयो । तीन वटा घर समेत बगाएको छ । स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको परिवारका सदस्यहरु भागेर बाँच्न सफल भएका छन् ।

यसैबीच वर्षाका कारण भलले बगाएर ल्याएको गेग्रानका कारण महाकाली राजमार्गको दार्चुला–गोकुलेश्वर सडकखण्डमा सवारीसाधनको आवागमन अवरूद्ध भएको छ । महाकाली नगरपालिका ८ असिगडामा भलले बगाएर ल्याएको ढुंगामाटो सडकमा जम्मा भएपछि लामो तथा छोटो दूरीका यातायात अवरुद्ध भएका छन् । 


प्रतिक्रिया