लम्पी स्कीन रोगको संक्रमणले २१ हजार बढी पशुचौपायाको मृत्यु

असार १०, २०८० | काठमाडौं

मुलुकमा लम्पी स्कीन रोगको संक्रमणले गत साउन यता २१ हजार ४ सय ३७ पशुचौपायाको मृत्यु भएको पशु सेवा विभागले जनाएको छ । विभागका अनुसार सुदूरपश्चिममा सबैभन्दा धेरै ९ हजार १ सय ९१ र सबै भन्दा कम मधेश प्रदेशमा १ सय १ पशुचौपायाको मृत्यु भएको छ । विभागका उप–महानिर्देशक डा. वरुण कुमार शर्माले देशभरमा गरी ६ लाख ११ हजार बढी पशुचौपायामा यो रोगको संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

त्यस्तै, सबैभन्दा बढी कर्णाली प्रदेशमा १ लाख ८७ हजार भन्दा बढी पशुचौपाया प्रभावित भएको विभागले जनाएको छ । मधेश प्रदेशमा भने ५ हजार पशुचौपायामा सो रोग देखिएको छ । हाल करिब २ लाख ३५ हजार पशु संक्रमित छन् । १ लाख ६२ हजार बढी पशुचौपायामा लम्पी स्कीन रोग विरुद्धको खोप लगाइएको विभागको तथ्यांकमा उल्लेख छ । 


प्रतिक्रिया