सप्तरीका चार पालिकाले गर्न सकेनन् सभा, राजगढ गाउपालिकामा तालाबन्दी

असार १०, २०८० | राजविराज

असार १० गते भित्र गाउँ/नगर सभा गरिसक्नु पर्ने ब्यवस्था अनुरुप सप्तरी जिल्लाका १८ वटा पालिका मे १४ वटाले मात्र सभा सुरु गर्न भ्याएको छ । निती तथा कार्यक्रम प्रस्तुत भएपछि राजगढ गाउँपालिकामा उपाध्यक्ष रेणुदेबी मण्डलले अध्यक्ष सहितको कार्यकक्षमा आज साझ तालाबन्दी गर्नुभएको छ । कुल ९ नगरपालिका र ९ गाउँपालिका गरि १८ स्थानीय तह रहेको सप्तरी जिल्लाको राजविराज,हनुमाननगर कंकालिनी र कंचनरुप नगरपालिका तथा रुपनी गाउँपालिकाले सभा गर्न नसकेको हो ।

आर्थिक वर्षको अन्तमा राजविराज नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत धर्मानन्द जोसी राजधानीमा छन् । कार्यवाहक नगरप्रमुख ईसरत परविण र कार्यपालिकाका अन्य सदस्यहरु बीच पछिल्लो समय मतभिन्नता छ । त्यसको असर नगर सभामा परेको छ । यस्तै हनुमाननगर कंकालिनी र रुपनी गाउपालिकामा पनि जनप्रतिनिधीहरुबीच तालमेल मिल्न नसक्दा नगर सभा असार १० भित्र सुरु हुन सकेन् ।

कंचनरुप नगरपालिकामा आईतवार नगर सभा सुरु गरिएको केही बेरमै बिबाद भएपछि अर्को सुचना नभए सम्मका लागि स्थगित गरिएको छ । राजगढ गाउपालिकामा गाउ सभा संचालन भई निती तथा कार्यक्रम प्रस्तुत गरिएपनि असन्तुष्टी जनाउदै उपाध्यक्ष रेणुदेबी मण्डलले तालाबन्दी गरेका छन् । अध्यक्षको कार्यकक्ष, स्टोर शाखा, जिन्सी शाखा, उपाध्यक्षको कार्यकक्ष, प्रशासन प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।

गाउँ सभा पुर्व गर्नुपर्ने बैठक र छलफल नगरि एकै पटक गाउँ सभा गरेको तथा निर्णयहरु पढन नदिई मात्रै हस्ताक्षर गराउन खोजेकाले आफुले तालाबन्दी गर्नुपरेको उपाध्यक्ष मण्डलले बताउनुभयो ।  


प्रतिक्रिया