ढोरपाटनबाट ९ थान हतियार बरामद

असार १६, २०८० | बागलुङ

बागलुङको ढोरपाटन सिकार आरक्ष प्रशासनले विभिन्न स्थानमा लुकाइ राखिएका ९ थान हतियार बरामद गरेको छ । आरक्ष क्षेत्रमा सिकार गर्ने उद्धेश्यले लुकाई रहेको हुन सक्ने प्रमुख संरक्षण अधिकृत बीरेन्द्रराज कंडेलले बताउनुभयो ।

आरक्ष प्रशासनले एसएलआर १ थान, राइफल १ थान, भरुवा बन्दुक ७ थान बरामद गरेको छ । त्यस्तै, बारुद २ सय ग्राम, सिसा ७२ थान लगायतका सामाग्री बरामद गरेको हो । ती सामाग्री आरक्षले जिल्ला प्रशासन कार्यलयमा बुझाएको छ । बरामद भएका सबै हतियार तथा सामाग्री रुकुमको पुथा उत्तरगंगा गाउँपालिका ५ भित्रको आरक्षमा भेटिएका हुन् ।  


प्रतिक्रिया