प्रदेशमा निजामति ऐन कार्यान्वयन सुरु, दुई जनाको बढुवा

असार २०, २०८० | मकवानपुर

बागमती प्रदेश सरकारले निर्माण गरेको निजामति सेवा ऐन कार्यान्वयनमा आएको छ । केन्द्रमा निजामति सेवा ऐन नबनेको अवस्थामा प्रदेश सरकारले निर्माण गरी कार्यान्वयनमा ल्याएको हो ।

सरकारले प्रदेशमा नै कार्यरत २ कर्मचारीलाई एघारौं तहमा बढुवा गर्ने निर्णय समेत गरेको छ । प्रदेशको मन्त्रिपरिषद् बैठकले दरबन्दी कायम रहि शिक्षा तथा प्रशासन सेवामा कार्यरत चन्द्रप्रसाद लुईंटेल र पूर्णबहादुर दर्जीलाई एघारौं तहमा बढुवा गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानूनमन्त्री गंगा नारायण श्रेष्ठले जानकारी दिनुभयो । 


प्रतिक्रिया