शिक्षकलाई सम्पत्ति विवरण बुझाउन निर्देशन

असार २०, २०८० | काठमाडौं

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई सम्पत्ति विवरण बुझाउन निर्देशन जारी गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताबखानाले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई परिपत्र गर्दै शिक्षकको सम्पत्ति विवरण बुझाउन निर्देशन जारी गरेको हो ।

निर्देशन अनुसार प्रत्येक शिक्षकले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको सेत र निस्सासहितको अद्यावधिक सम्पत्ति विवरण पेश गर्नुपर्ने कानुनी प्रावधान छ । शिक्षककले विद्यालयमा कार्यरत करार, राहत, बाल विकास शिक्षक, विद्यालय कर्मचारी आदिले आफु कार्यरत स्थानीय तहमा बुझाउनु पर्ने मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया