मधेश प्रदेशमा यस बर्ष मलको अभाव हुदैन

असार २२, २०८० | काठमाडौं

धान उत्पादनको दृष्टिले महत्वपूर्ण मानिएको मधेश प्रदेशमा यस बर्ष किसानलाई अघिल्लो बर्षहरुमा जस्तो रासायनिक मलको अभाव नहुने कृषि सामग्री कम्पनी मधेश प्रादेशिक कार्यालय वीरगन्जले दाबी गरेको छ । कार्यालयका सहायक प्रबन्धक एवम् सूचना अधिकारी पुरुषोत्तम सिंहका अनुसार, धान खेतीका लागि प्रदेशका ८ वटै जिल्लाहरुमा युरिया र डिएपि मलको मौज्दात रहेको छ । सिंहका अनुसार, आजसम्म प्रदेशको सप्तरी जिल्लामा ५ सय ४५ टन युरिया, ३ सय ५९ टन डिएपि मल मौज्दात रहेको छ ।

त्यसैगरी, सिराहामा ८ सय १९ टन युरिया र २ सय ९० टन डिएपि, धनुषामा ७ सय ८ टन युरिया र ५ सय ९७ टन डिएपि मल मौज्दात छ । महोत्तरीमा २ सय ३७ टन युरिया र २ सय ९३ टन डिएपी , सर्लाहीमा ३ सय ८ टन युरिया र ५ सय ९७ टन डिएपी, रौतहटमा १ सय २० टन युरिया र ६ सय ६२ टन डिएपी मल मौज्दात रहेको छ ।

प्रादेशिक कार्यालयको गोदामहरु रहेको पर्सामा सर्वाधिक बढी ७ हजार ४ सय ४१ टन युरिया र १ हजार १ सय ९६ टन डिएपि मल मौज्दात रहेको छ । पर्साबाटै मलको माग भएका मधेश र बागमती प्रदेश तथा गण्डकी प्रदेशका केही जिल्लामा मल परिचालन हुने गरेको छ । यस बर्ष कार्यालयले ५ वटा कन्साइन्मेन्टबाट युरिया र ४ वटा कन्साइन्मेन्टबाट डिएपी मल पाएको सिंहले जानकारी दिनुभयो । 


प्रतिक्रिया