मकवानपुरमा दुई ट्रक ठोक्किएर आगलागी हुँदा ३ जनाको मृत्यु

असार २३, २०८० | मकवानपुर

मकवानपुरको मनहरी गाउँपालिकामा दुईवटा ट्रक एकआपसमा ठोक्किएर आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ । गएराति पौने २ बजे मनहरी ६ नयाँवस्ती डिपाट गाउँस्थित पूर्वपश्चिम राजमार्गमा विपरित दिशाबाट आएका दुईवटा ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना.६ ख ६६६७ नम्बरको ट्रक र विपरित दिशातर्फबाट आउँदै गरेको ना.६ ख ६३१ नम्बरको ट्रक एक आपसमा ठोक्किदा दुबै ट्रकमा आगलागी भएको थियो ।

मकवानपुर प्रहरीका अनुसार ना ६ ख ६६६७ नम्बर ट्रक चालक चितवनके राप्ति नगरपालिका ८ का २८ वर्षका रिहान रुम्बा तामाङ र सहचालक गोरखा गोर्दीटारका २१ वर्षीय सुमन चेपाङ तथा बा ६ ख ६३१ नम्बरको ट्रकका सहचालक मकवानपुर मनहरी ३ का २० वर्षीय अमृत प्रजाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका दुई जनालाई चितवनस्थित भरतपुर अस्पताल पठाइएको छ ।


प्रतिक्रिया