छात्रवृत्ति र शुल्कको विवरण पेश गर्न तिलोत्तमा नगरपालिकाको निर्देशन

असार २७, २०८० | तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले निःशुल्क छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी र विद्यार्थीबाट उठाउने शुल्कको विवरण पेश गर्न विद्यालयलाई निर्देशन दिएको छ । पालीकाले साउन ५ गतेभित्र नगर भित्रका सामुदायिक विद्यालयलाई शिक्षा ऐन तथा नियमावलीमा तोकिए बमोजिमको शुल्कको विवरण पेश गर्न निर्देशन दिएको हो ।

ऐन अनुसार कुल विद्यार्थीको १० प्रतिशतले निःशुल्क छात्रवृत्ति प्राप्त गर्छन् । तिलोत्तमा नगरभित्र संस्थागत विद्यालय ४० र सामुदायिक विद्यालय ४२ वटा छन् । 


प्रतिक्रिया