विषालु च्याउ खाँदा दोलखामा एक महिलाको मृत्यु, ४ जना बिरामी

असार २७, २०८० | दोलखा

विषालु च्याउ सेवनबाट दोलखामा एक जना महिलाको मृत्यु भएको छ । ४ जना बालबालिका बिरामी परेका छन् । जंगलबाट ल्याएको च्याउ खाँदा गौरीशंकर गाउँपालिका–६ चंखुकी ३२ वर्षीया सोमलेकी शेर्पाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ । 

असार २३ गते च्याउ खाएर बिरामी परेको परिवारलाई उपचारका लागि सिंगटीको रोल्वालिङ सामुदायिक अस्पतालमा राखिएको थियो ।

बुधबार शेर्पाको मृत्युपछि मात्रै अस्पतालले प्रहरीलाई विषालु च्याउ खाएर उपचारका क्रममा मृत्यु भएपछि जानकारी दिएको थियो । जनशक्ति बिनै अस्पतालले उपचार हुन्छ भन्दै बिरामी राखेको पाइएको प्रहरीले जनाएको छ । 

घटनाको जानकारी नदिई उपचारमा राखेर मृत्युपछि मात्रै जानकारी दिएको ईलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक डीएसपी सानु तामाङले जानकारी दिनुभयो । ४ बालबालिकालाई उपचारका लागि राजधानी रिफर गरिएको छ । 

उनीहरुको अवस्था सामान्य भएपनि थप उपचारका लागि उद्धार गरेर राजधानी पठाएको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमालले सो अस्पतालमाथि तत्काल छानबिन थालिने बताउनुभयो ।


प्रतिक्रिया