निर्माणाधीन खिम्ती जलविद्युत आयोजनाका एक प्रवाधिक खोलामा खसेर बेपत्ता

असार २९, २०८०

निर्माणाधीन खिम्ती जलविद्युत आयोजनाका एक प्रवाधिक खोलामा खसेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिरी नगरपालिका ४ का कुशल कार्की रहेको ईलाका प्रहरी कार्यालय जिरीले जनाएको छ । ४८ दशमलव ८० मेगावाट क्षमताको आयोजनाको हेडवक्समा काम गर्ने क्रममा बोक्सेको भीरबाट चिप्लिएर कार्की बेपत्ता भएका हुन् । 

सव ओभरसियरका रुपमा सो आयोजनामा कार्यरत उनको खोजी भैरहेको प्रहरीले जनाएको छ । निरन्तरको बर्षाका कारण खिम्ती खोलाको बहाव अत्यधिक भएका करण खोजी कार्यमा कठिनाई भैरहेको छ । सो आयोजना दोलखा र रामेछापको सीमा रहेको खिम्ती खोलामा निर्माणाधीन छ । 


प्रतिक्रिया