१४ वर्षदेखि बाॅधेर राखिएका युवाको उद्दार

असार ३०, २०८० | बर्दिया

बर्दियामा १४ वर्षदेखि खुट्टा बाॅधेर राखिएका एक युवालाई उद्धार गरिएको छ । मधुवन नगरपालिका—३ कोठियाघाटस्थित एक परिवारले घरमै डोरीले बाॅधेर राखेका २० वर्षिय मनोज परियारको उद्धार गरिएको हो । उनलाई जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयको समन्वयमा उद्धार गरिएको हो ।

उद्धार गरिएका उनलाई सागर सेवा आश्रम केन्द्रमा लगिएको ढोढरीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बखत बहादुर शाहीले बताउनुभयो । यस्तै, अर्की सुस्त मनस्थिती भएकी १२ वर्षिया वालिकालाई उद्धार गरी सो आश्रममा पठाइएको उहाँले बताउनुभयो । सुस्त मनस्थिती र उच्च जोखिम भएका दुबै जनालाई उद्धार गरिएको हो ।


प्रतिक्रिया