भारतमा नदीले बगाउँदा एक नेपालीको मृत्यु

असार ३०, २०८० | रोल्पा

भारत घुम्न गएका एक नेपालीको चन्डीगढस्थित नदीको ड्याममा बगेर मृत्यु भएको छ । रोल्पाको त्रिवेणी–४ चालढुंगाका ४७ वर्षीय नरेश वलीको मृत्यु भएको हो । पारिवारिक स्रोतका अनुसार आफन्तसहित चन्डीगढस्थित अमरावती नदी किनारमा घुम्न गएका बेला नदीको ड्याम खोलिँदा एक्कासी आएको बाढीले उनलाई बगाएको थियो ।

भाइ कविराजका अनुसार २५ गते सोमबार बगाएर उनको मृत्यु भए पनि शव दुई दिनपछि असार २७ गते करिब ३५ किलोमिटर टाढा मुबारकपुर भन्ने स्थानमा फेला परेको थियो । 


प्रतिक्रिया