कैलाली कारागारमा एक कैदीको मृत्यु

श्रावण ८, २०८० | धनगढी

कैलाली जिल्ला कारागारका एक कैदीको मृत्यु भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज विष्टको आज बिहान मृत्यु भएको छ । कारागार प्रमुख पदमराज तिमिल्सिनाका अनुसार क्षयरोगबाट ग्रसित विष्टको अवस्था जटिल भएपछि उपचारका लागि चार दिनअघि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

आईसीयूमा राखिएका विष्टको स्वास्थ्य अवस्था थप जटिल भएपछि भेन्टिलेटरमा राखिएको थियो । विष्ट चोरी मुद्दामा २०७५ चैत १२ गतेदेखि कैलाली कारागारमा सजाय काटिरहेका थिए ।कैलाली कारागारमा एक कैदीको मृत्यु

कैलाली जिल्ला कारागारका एक कैदीको मृत्यु भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज विष्टको आज बिहान मृत्यु भएको छ । कारागार प्रमुख पदमराज तिमिल्सिनाका अनुसार क्षयरोगबाट ग्रसित विष्टको अवस्था जटिल भएपछि उपचारका लागि चार दिनअघि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

आईसीयूमा राखिएका विष्टको स्वास्थ्य अवस्था थप जटिल भएपछि भेन्टिलेटरमा राखिएको थियो । विष्ट चोरी मुद्दामा २०७५ चैत १२ गतेदेखि कैलाली कारागारमा सजाय काटिरहेका थिए । 


प्रतिक्रिया