वरिष्ठ सई पौडेलको होटल सञ्चालकद्वारा ‘हत्या’

श्रावण १०, २०८० | बागलुङ

बागलुङको बडिगाड गाउँपालिकास्थित भीमगिठे प्रहरी चौकीका प्रहरी वरिष्ठ नायब निरीक्षक सई उज्वल पौडेलको हत्या भएको अनुसन्धानबाट खुलेको छ । सोमबार राति बडिगाड–६ स्थित एक होटलमा खाजा खान गएका वरिष्ठ सई पौडेल मृत भेटिएका थिए ।

होटल सञ्चालकले नै पौडेलको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । होटल सञ्चालक आशा कुँवरसँग भनाभन भएपछि कुँवर र उनका छोरा विनोदले वरिष्ठ सई पौडेलको टाउकोमा प्रहार गर्दा बेहोस भएका थिए । त्यसपछि घाँटीमा थिचेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । होटल सञ्चालक कुँवरका आमाछोरा विरुद्ध जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया