मधेस सरकारमा जनमतले मन्त्री हेरफेर गर्दै

श्रावण १५, २०८०

मधेश प्रदेशमा सरकारमा जनमत पार्टीले विना विभागीय मन्त्रीलाई फिर्ता बोलाएर अर्को मन्त्री पठाउने भएको छ । विनाविभागिय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवलाई पार्टीले राजीनामा गर्न लगाएर जनमतका प्रमुख सचेतक चन्दन सिंहलाई मन्त्री र रञ्जु खंगलाई राज्यमन्त्री बनाउने तयारी भएको जनमत पार्टी संसदीय दलका नेता महेश यादवले बताउनुभयो ।

विनाविभागिय मन्त्रीले राजिनामा दिने र जनमतबाट नया मन्त्रीलाई श्रम तथा यतायात मन्त्रालय दिने सहमति भएको यादवले बताउनुभयो । पार्टीमा आज राजिनामा दिने सहमति भएपनि विना विभागिय मन्त्री कुशवाहा र राज्यमन्त्री यादवले राजिनामा नदिएको मुख्यमन्त्री सरोज कुमार यादवको स्वकीय सचिव चन्देश्वर महतोले बताउनुभयो ।

गत जेठ ९ गते मुख्यमन्त्री सरोज कुमार यादवले कुशवाहा र यादवले सम्हालेका भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय खोसेर नेकपा एसका संसदीय दलका नेता गोविन्द बहादुर न्यौपानेलाई मन्त्री बनाउनु भएको थियो । विना विभागिय मन्त्रीलाई राजिनामा गराएर जनमतले एक मन्त्री र एक राज्यमन्त्री पठाउने तयारी गरेको छ ।


प्रतिक्रिया