रुसको सम्पत्ती युक्रेनलाई दिने विषयमा इयुका नेता छलफलमा
पुस ४, २०८२ | काठमाडौं
युरोपियन युनियनका नेताहरुले युक्रेनलाई रुसको फ्रिज गरिएको सम्पत्ती उपयोग गरेर सहयोग गर्ने विषयमा छलफल अघि बढाएका छन् ।
रुसले युक्रेनमा हस्तक्षेप बढाएसंगै युरोपेली मुलुकमा रहेको सम्पत्ती फ्रिज गरिएको थियो ।
सो सम्पत्तीलाई रुस विरुद्ध लड्नका लागि कानुनी रुपमा आधार तय गर्न युरोपेली मुलुकका नेताहरुको भेला बेल्जियममा भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
युक्रेनले रुस विरुद्ध लड्न आवश्यक रकमको अभाव भइरहेको भन्दै त्यहांका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताइरहेको समय युरोपेली मुलुकले रकमको जोहो गर्न सो छलफल अघि बढाएका हुन् ।
आगामी वर्षसम्ममा रकमको चरम अभाव हुने राष्ट्रपति जेलेन्स्कीको भनाई छ ।
रुसको फ्रिज गरिएको सम्पत्तीबाट ९० अर्ब युरो युक्रेनलाई उपलब्ध गराउने तयारी भएको छ ।










