एमालेको केन्द्रिय कमिटिको पहिलो बैठक आज
पुस ४, २०८२ | काठमाडौं
नेकपा एमालेको केन्द्रिय कमिटिको बैठक आज बस्दैछ । एघारौं महाधिवेशनबाट निर्वाचित कमिटीको पहिलो बैठक बस्न लागेको हो ।
बैठक दिउँसो १ बजे बबरमहलको एक पार्टी प्यालेसमा बोलाइएको छ ।
बैठकले पार्टीको आगामी कार्ययोजना, पोलिटब्यूरो तथा स्थायी कमिटी गठन लगायतका सांगठनिक विषयमा छलफल गर्ने सम्भावित एजेन्डा रहेको उपमहासचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।
हिजो सम्पन्न महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा ३ सय १ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गरेको छ ।
नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले हिजै पद तथा गोपनियताको शपथ लिईसकेका छन् ।
बैठकमा महाधिवेशनको समीक्षा, अबको राजनीतिक कार्यदिशा र कार्ययोजनाबारे पनि छलफल हुने बताइएको छ ।










