रास्वपाद्धारा समानुपातिक उम्मेद्वारको प्रारम्भिक नामावाली सार्वजनिक गर्यो
पुस ४, २०८२ | काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक उम्मेद्वारको प्रारम्भिक नामावाली सार्वजनिक गरेको छ ।
सात वटै प्रदेशबाट आएका अनलाइन आवेदनका आधारमा रास्वपाले समानुपातिक उम्मेद्वारको नामावली सार्वजनिक गरेको हो ।
सूचीमा नाम समावेश नभएका वा कुनै विवरणमा त्रुटि देखिएका इच्छुकले सम्बन्धित प्रदेश सभापतिसँग सम्पर्क गर्न पार्टीले आग्रह गरेको छ ।
प्रारम्भिक नामावालीमाथि कार्यकर्तालाई आज दाबी–विरोधको समय दिइएको छ ।
त्यसपछि उम्मेदवारसँग छलफल गरि अन्तिम नामावली प्रकाशन गरिने सो पार्टीले जनाएको छ ।










