बबई तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन आहृवान

श्रावण २३, २०८० | बर्दिया

बबई नदीमा जलसतह उच्च भएसंगै बर्दियाको स्थानीय प्रशासनले तटिय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । लगातारको वर्षाले बबई नदीको जलस्तर उच्च बनेको र तटीय क्षेत्रमा जोखिम उत्पन्न भएको हाम्रा सहकर्मीले जनाएका छन् । बाढी र कटानको जोखिम उच्च भएकोले उद्दार कार्यमा तैनाथ रहन सुरक्षा निकायलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताउनुभयो ।

सिन्धुलीको कमलानदीमा आएको बाढीले पनि सर्तकताको तह पार गरेको छ । बाढीले सर्तकता तह पार गरेकाले दुधौली नगरपालिकाको निपाने, हत्पते, डकाहा, हर्षाही, टाँडी, लदाभीर, दुधौली कर्था, लगायतका डुबान हुने क्षेत्रमा उच्च सर्तकता अपनाउन सिन्धुली प्रशासनले अनुरोध गरेको छ । उता बागमती नदीमा आएको बाढीले हरिहरपुरगढी गाउँपालिका ३ को बगर खेतीमा कटान शुरु गरेको छ । 


प्रतिक्रिया