भूकम्प प्रभावित बसेको टहरोमा ढुङ्गा खस्दा २ किशोरीको मृत्यु

असार २०, २०८२

जाजरकोटमा भूकम्प प्रभावित बसेको टिनको टहरोमा ढुङ्गा खस्दा २ जना किशोरीको मृत्यु भएको छ । विहिबार राती कुसे गाउँपालिका – ३ को तर्पेनाका नरबहादुरबुढाकी २ छोरीको घरमाथिको भिरबाट आएको ढुंगा लागेर मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ । मृत्यु हुनेमा १६ वर्षिया चन्द्रा बुढा र २० वर्षिया सर्मिला बुढा छन् । 

ढुङ्गाले च्यापिदा चन्द्राको घट्नास्थलमै मृत्यु भएको र सर्मिलाको उपचारको लागि स्वास्थ्यचौकी लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार राति ९ बजेतिर घरमाथीको भिरबाट ढुंगा खसेको हो ।


प्रतिक्रिया