बीपी, मदन भण्डारी र पुष्पलाल राजमार्ग सुचारु

श्रावण २३, २०८०

बीपी राजमार्गको नेपालथोक धुलीखेल खण्ड अन्तर्गत काभ्रेको कालढुंगा र दुम्जाको घ्याम्पे खोलामा आएको बाढी घटेपछि अवरुद्ध भएको यातायात संचालनमा आएको छ । राजमार्गको ठाउं ठाउंमा पहिरो र बाढीका कारण अवरुद्ध भएको यातायात खुलाएको प्रहरीले जनाएको छ । त्यस्तै मदनभण्डारी राजमार्गको मरिण, हरिहरपुरगढी क्षेत्रका ठाउं ठाउंमा पहिरो खसेर अवरुद्ध भएको सडक खुलाइएको सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले जानकारी दिनुभयो । 

सिन्धुलीमाडीदेखि हरिहरपुरगढीको वाग्मती पुलसम्म पुरै क्षेत्र क्लिएर भएपछि यातायात संचालनमा आएको एसपी सिलवालले बताउनुभयो । मध्यपहाडी राजमार्गमा सानातिनो पहिरो खसेपनि यातायात अवरुद्ध नभएको प्रहरील् ेजनाएको छ । सिन्धुली क्षेत्रमा पर्ने तीनवटै राजमार्ग अहिले सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । तीनवटै राजमार्गमा पानी पर्नासाथ पहिरो खस्ने भएकाले सचेत भएर यात्रा गर्न प्रहरीले सुझाएको छ । रातीको यात्रा नगर्न र प्रहरीलाइ संम्पर्क गर्न प्रहरी प्रमुख सिलवालले अनुरोध गर्नु भएको छ । 


प्रतिक्रिया