संखुवासभास्थित कारागारमा कैदीबीच कुटपिट हुँदा २ जनाको मृत्यु

श्रावण २४, २०८० | संखुवासभा

संखुवासभास्थित जिल्ला कारागारमा कैदीबन्दीबीच कुटपिट हुँदा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र्र गोदारका अनुसार चोरी मुद्धामा सजाय भोगीरहेका आकाश बलामी र जबरजस्ती करणी कसुरमा मुद्दा खेपीरहेका बिनोद तोलांगीको आज बिहान मृत्यु भएको हो ।

कारागारको शौचालयको झ्याल काटेर भाग्न खोजेपछि उनीहरुलाई प्रहरी र कारागार प्रशासनले नियन्त्रणमा लिएको थियो । नियन्त्रणपछि कारागारामा रहेकै अवस्थामा कैदीबन्दीबीच पुन: कुटपिट हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाइको छ । 


प्रतिक्रिया